ट्रेण्डिङ

होमपेज / राजनीति

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त

नेपालगाथा २०८१ श्रावण २० गते आइतबार १७:५७:२८ मा प्रकाशित

धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शाह दोस्रोपटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । पहिलाेपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए ।

१७ असारमा का‌ंग्रेस र एमालेको गठबन्धन बनेपछि  दीर्घ सोडारी मन्त्रिपरिषदबाट एमाले बाहिरिएको थियो । अल्पमतमा परेका सोडारीले गत शुक्रबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top