ट्रेण्डिङ

होमपेज / राजनीति

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

नेपालगाथा २०८१ श्रावण १८ गते शुक्रबार १२:४३:५६ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् ।

सोडारीले आज दिउसाे ४ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

गत असार २० गते नेकपा एमालेले सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्मतमा परेका थिए । 

सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नाउपाका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा  बैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top