होमपेज / राजनीति
सुर्खेत । नेपाली कांग्रेसले राजिवविक्रम शाहकाे नेतृत्वमा कर्णाली प्रदेश सरकारमा पठाउने तयारी गरेकाे छ । शााह आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् ।
प्रदेशसभा सदस्य तथा पूर्वआर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहका अनुसार सामाजिक विकासमन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा विजया बुढालाई सिफारिश गरिएको छ ।
सिफारिस भएका यी नाम आजै मुख्यमन्त्री यामलाल कँडेललाई बुझाउने तयारी रहेको पनि सिंहले जानकारी दिए । माओवादी सरकारबाट बाहिरिएपछि कांग्रेस सरकारमा सहभागी हुने भएको हो ।