ट्रेण्डिङ

होमपेज / राजनीति

मुख्यमन्त्री लामाले पाए विश्वासको मत

नेपालगाथा २०८१ श्रावण १५ गते मंगलबार १८:४७:३९ मा प्रकाशित

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।

प्रदेशसभाको बैठकमा उपस्थित कूल १०३ सदस्य मध्ये उनको विपक्षमा ३५ मत प्राप्त भएको छ भने ३ मत तटस्थमा परेको छ । बैठकमा ७ सांसद अनुपस्थित भए भने सभामुख मत विभाजनमा सहभागी भएनन् ।

एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका लामाले साउन १२ मा सरकारलाई पूर्णता दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top