होमपेज / राजनीति
काठमाडौं । कर्णाली प्रदेशकाे प्रदेश प्रमुखमा यज्ञराज जोशी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद्काे बैठकले जोशीलाई कर्णाली प्रदेशकाे प्रदेश प्रमुखमा नियुक्त गरेको हाे ।
यस्तै सोमबार बसेको मन्त्रीपरिषद्काे बैठकले बागमती र लुम्बिनीका प्रदेशका प्रमुखलाई पनि हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ ।
बागमती प्रदेश प्रमुखमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर नियुक्त भएका हुन् ।
यसअघि बागमती प्रदेश सरकारको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश सरकारको प्रमुखमा अमिक शेरचन र कर्णाली प्रदेश सरकारको प्रमुखमा तिलक परियार रहेका थिए ।