ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीमा माओवादीका मन्त्रीले दिए राजीनामा

नेपालगाथा २०८१ श्रावण ७ गते सोमबार १३:२७:२० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

उनीहरूले सोमबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री  महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, उद्योगा पर्यटन वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।

केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै कर्णालीमा माओवादीका मन्त्रीले राजीनामा दिएका हुन् ।

माओवादी संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सरकारबाट बाहिरिने विषयमा निर्णय गरेका छैनन् । उनी हाल काठमाडौंमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top