ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेले टुंगायो मन्त्रीहरूको नाम, विष्णु पौडेल उपप्रधान एवं अर्थमन्त्री बन्दै

नेपालगाथा २०८१ असार ३१ गते सोमबार १२:०६:०६ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले मन्त्रीहरूको टुंगाएकाे छ । एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्नेछन् भने, पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने तय भएको छ ।

देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्दैछन् ।

त्यस्तै, बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री बन्दैछन् भने राजकुमार गुप्ता पनि एमालेबाट मन्त्री बन्दैछन् ।

एमालेबाट मन्त्री बन्नेमा विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल, मानवीर राई पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top