होमपेज / राजनीति
काठमाडौं । सत्ता साझेदार दलबीच मन्त्रालय भागबण्डा टुंगिएकाे छ ।
नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्दै हुनुहुन्छ भने सोमवार बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ । दुवै दलले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरी सोहीअनुसार मन्त्रालयको भागबण्डा टुंगो लगाई आफ्नो तर्फबाट मन्त्रीको नाम टुंगो लगाउने योजना बनाएका छन ।
ओली नेतृत्वको सरकारमा साना दलहरूलाई पनि सहभागी हुनेछन । ओली सरकारमा जसपा, जसपा नेपाल, लोसपा र जनमतलाई सरकारमा सामेल गर्नेबारे दुवै दलमा छलफल भइरहेको छ । साना दल सहभागी हुने भएपछि कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिने सहमति भएको छ । सोहीअनुसार कांग्रेस एमालेबीच १७ मन्त्रालयको भागबण्डा गरी अन्य मन्त्रालय साना दललाई राखेको छन ।
कांग्रेस एमाले दुई दलबीच मात्रै सहमति कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको थियो । दुई दलबीच एक–एक जना उपप्रधानमन्त्री राख्ने सहमति पनि भएको छ । कांग्रेसबाट प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्दै उपप्रधानमन्त्री हुने र एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बन्ने गरी दुवै दलमा छलफल अघि बढेको छ ।
दुई दलका नेताहरुबीच कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय लिने सहमति भएको छ । अरु मन्त्रालय साना दलहरुलाई दिने गरी छलफल चलिरहेको हो ।एमालेले अर्थ, शिक्षा, शहरी विकास, संचार, भूमि व्यवस्था, कृषि र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लिने लगभग टुंगो लागेको छ । यस्तै कांग्रेसले गृह, परराष्ट्र, भौतिक, पर्यटन, स्वास्थ्य, सामान्य प्रशासन र वन मन्त्रालय लिने सहमति भएको छ ।