होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भएकाे छ ।
राप्रपाकाे आज बसेकाे संसदीय दलको बैठकले प्रचण्ड सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हाे ।
पछिल्लो समय कांग्रेससँग नजिएको राप्रपाले अहिले कांग्रेस र एमालेको नयाँ गठवन्धनमा सामेल हुने नहुने निर्णय लिइसकेको छैन ।
राप्रपालाई एमाले कांग्रेस गठवन्धनमा सामेल हुन निम्ता आइसकेको छ । तर, यस विषयमा पार्टी नेताहरु विचाराधीन अवस्थामा छन् । यदि आफ्ना केही एजेण्डा पनि संवाेधन हुने गरी संविधान संसाेधन गर्न नयाँ गठवन्धन तयार भएमा सरकारमा जान पार्टी नेतृत्व लचिलाे बनेकाे छ ।