ट्रेण्डिङ

होमपेज / राजनीति

 एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

नेपालगाथा २०८१ असार २३ गते आइतबार १६:४९:३५ मा प्रकाशित

काठमाडौँ । नेकपा एमाले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेका छ । एमालेका सांसद रघुजी पन्तले आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीले बहुमत समर्थन गुमाइसकेको बताउँदै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । 

उनले भने, लोकतन्त्र संविधान र कानुन अनुसार मात्र चल्दैन । फेरी उहाँले त कानुन नै उल्लङ्घन गर्नुभएको छ । गएको जनवरीमा भारत गएर सन्धि गरेर आउनुभयो । नेपालको ऐन अनुसार १ महिनामा त्यो सन्धि संसदमा ल्याउनुपर्ने, अहिलेसम्म ल्याउनुभएको छैन । यसरी संविधानको उल्लङ्घन गर्नुभएको छ । अहिले अल्पमतमा परिसकेपछि पनि संविधानको धारा ७६ को २ मा जान्छ कि ३ मा जान्छ त्यो राष्ट्रपति ज्यूको चिन्ताको विषय हो । उहाँको काम बहुमत नभएपछि तत्काल राजीनामा गरेर बाटो फुकाउने हो ।’ 

प्रतिक्रिया

सम्बन्धित खवर

Top