ट्रेण्डिङ

होमपेज / राजनीति

बागमती सरकारबाट बाहिरिँदै एमाले

नेपालगाथा २०८१ असार २१ गते शुक्रबार ११:३८:५८ मा प्रकाशित

हेटौंडा ।  बागमती प्रदेश सरकारबाट नेकपा एमाले बहिरिने भएको छ । आजै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने भएका छन् ।

माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो । तर, पुन: कांग्रेस र एमालेको सहमतिपछि एमालेले सरकार छाड्ने भएको हो ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले आज साँझसम्म सरकारबाट बाहिरिने आफूहरूको तयारी रहेको बताए ।

उनले भने, ‘पार्टीको केन्द्रीय नीतिअनुसार हामीले सकेसम्म आज नै सरकारबाट बाहिरिने तयारी गरेका छौँ ।´

आफूहरू अहिले काठमाडौंमा रहेको र मुख्यमन्त्री जम्कट्टेल पनि काठमाडौं रहेकोले साँझसम्म हेटौंडा फर्किएर सामूहिक राजीनामा दिने उनले बताए ।

बागमतीमा एमालेबाट मन्त्रीमा उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठ छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top