ट्रेण्डिङ

होमपेज / राजनीति

राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्री नदिइ फर्किए

नेपालगाथा २०८१ असार २० गते बिहीबार ११:४२:५८ मा प्रकाशित

काठमाडौं । राजीनामा दिने भन्दै बालुवाटार पुुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु राजीनामा नदिइ फर्किएका छन् । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले प्रधानमन्त्रीसँगको छलफल पछि राजीनामा नदिई फर्किएका हुन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेला सम्म साथ दिन आग्रह गरेकोले राजीनामा नबुझाएको बताएका छन् । परियारले प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन आग्रह गरेको आफुहरुले बताएको जानकारी दिए ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top