होमपेज / राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेस र एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ ।
आज बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
सोमबार मध्यरात दुई दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् ।समझदारी पत्र भने सार्वजनिक भएको छैन ।
बैठकपछि नेता सन्तोष परियारले पनि कांग्रेस र एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भएकाले सरकारमा सहभागी नहुने बताए ।
परियारले भने, यो जनताको हितमा छ भन्ने लाग्दैन, यसले राजनीतिक स्थायित्व दिन्छ भन्ने हामीलाई लाग्दैन । यो घटना अघि बढिसकेपछि अब बन्ने गठबन्धनमा हामी रहँदैनौं, हामी सरकारमा जाँदैनौं ।
प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका ४ मन्त्रीहरु छन् ।