ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने

नेपालगाथा २०८१ असार १८ गते मंगलबार १२:५०:५५ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् ।

आज बिहान भएको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर ३० दिनभित्र विश्वासको मत लिने निर्णय गरेका हुन् ।

एमालेले औपचारिक रुपमा समर्थन फिर्ता लिने निर्णय गरेपछि  विश्वासको मतको  सामना गर्न आफू तयार रहेको प्रधानमन्त्रीले बताएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

आजको पदाधिकारी बैठकमा प्रधानमन्त्रीले नेताहरुलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे व्रिफिङ गरेका थिए । उनले समीकरण परिवर्तन बारे जानकारी गराउँदै एमालेको समर्थन औपचारिक रुपमा फिर्ता भएपछि थप कदम चाल्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top