ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति

नेपालगाथा २०८१ असार १८ गते मंगलबार ११:०४:११ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार मध्यरातमा दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति ललितपुरको एक होटलमा भएकाे दुबै दलनिकट नेताहरूले पुष्टि गरेका छन् ।

दुई दलबीचले संविधान संशोधनको एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। कांग्रेसका एक नेताका अनुसार पहिलो चरणमा डेढ वर्ष एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् ।

पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको स्राेतले जानकारी दिएकाे छ ।

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएकाे स्राेतले जानकारी दिएकाे छ। 

दुई नेताबीच निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने सहमति पनि बनेको छ । आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने उनीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top