ट्रेण्डिङ

होमपेज / राजनीति

रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो

नेपालगाथा २०८१ असार १७ गते सोमबार १२:३०:३९ मा प्रकाशित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका बहुमत सदस्यले रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएका छन् । आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो । नाउपाका चार सांसदमध्ये तीन जनाले श्रेष्ठलाई हटाएका हुन् ।

उनीहरूले संसदीय दलको नेतामा गंगा चौधरीलाई चयन गरेका छन् । नाउपाका चार सांसदमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि गंगा चौधरी संसदीय दलको नेतामा चयन भएका हुन् । उनी यसअघि नाउपाको प्रमुख सचेतक थिए ।

रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top