होमपेज / राजनीति
काठमाडौँ । राप्रपा नेपालकाे उपाध्यक्षमा भास्कर भद्रा मनोनीत भएका छन् । पार्टीका अध्यक्ष कमल थापाले भद्रालाई पार्टीको केन्द्रीय उपाध्यक्षमा मनोनीत गरेका छन् ।
थापाले पार्टीको विधान बमोजिम उनलाई राजनीतिक विभागको प्रमुखको जिम्मेवारी दिएका हुन् ।
यस्तै पुष्पा खरेल भट्टलाई महिला, जनसङ्ख्या तथा लैंगिक विभाग प्रमुख र गंगाप्रसाद शर्मालाई सचिवालय सदस्य सचिव पदमा मनोनयन गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।