होमपेज / राजनीति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बसिरहेको छ ।
जारी बैठकमा नेतृत्वले सदन र सरकारको संक्षिप्त अपडेट दिने र पार्टी स्थापना दिवसको शुभकामना आदानप्रदान गर्ने काम भइरहेको बताइएको छ ।
रास्वपाले आज पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भई तेस्रो वर्ष लागेको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
दिउसो १ बजेबाट सुरु हुने कार्यक्रममा प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।