होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।
संसदीय दल कार्यसमितिको बैठक शुक्रबार दिउँसो २ बजे बोलाइएको छ ।
संसदीय दलको बैठक सोही दिन ३ बजे बस्ने गरी बोलाइएको कांग्रेसले जनाएको छ ।
संसदीय दल कार्यसमितिको बैठक संघीय संसद भवनमा रहेको कांग्रेस संसदीय दलका नेता शेरबहादर देउवाको कार्यकक्षमा बस्नेछ ।
यस्तै संसदीय दलको बैठक संसद भवनमा रहेको लोत्से हलमा बस्नेछ ।
सरकारले संसदबाट बजेट पारित गर्ने तयारी गरेका कारण सो विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ।