होमपेज / राजनीति
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।
आज बिहान भएको नोमिनेशनमा अध्यक्ष पदमा यादवको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
निर्वाचन समितिका संयोजक महम्मद समिम अखतर अलीले अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएको बताए ।
जसपाका नेपालको महाधिवेशन जेठ २८ गते शुरू भएको थियो। आज नेतृत्व चयनका लागि निर्वाचनको कार्यक्रम तय गरिएको छ ।