ट्रेण्डिङ

होमपेज / राजनीति

मोदी तेस्राे पटक भारतको प्रधानमन्त्रीमा नियुक्त

नेपालगाथा २०८१ जेठ २५ गते शुक्रबार २२:३४:५४ मा प्रकाशित

काठमाडाैं | भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्राे पटक नियुक्त भएका छन् । मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ प्रधानमन्त्री नियुक्त गरेकी हुन् । शुक्रबार बिहान बसेको एनडीएका सांसदहरूको बैठकले भारतीय जनता पार्टी (भाजपा)का नेता मोदीलाई दलको नेता चयन गरेको थियो ।

मोदीले आइतबार साँझ ६ बजे शपथ लिने कार्यक्रम छ । मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बन्न सफल भएका हुन् । नवनियुक्त प्रधानमन्त्री मोदीलाई राष्ट्रपति मुर्मूले शुभ साइतको दही खुवाएकी थिइन् ।    

प्रतिक्रिया

सम्बन्धित खवर

Top