होमपेज / राजनीति
काठमाडौं । मंगलबार सम्पन्न मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै विहारकी शम्भवी सबैभन्दा कम उमेरकी निर्वाचित सांसद बनेकी छन् । भारतको ५४३ सदस्यीय लोकसभामा निर्वाचित सदस्यमध्ये शाम्भवी चौधरी सबै भन्दा कान्छी २५ वर्षीया सांसद बनेकी छन् । उनी विहारको समस्तिपुर जिल्लाबाट निर्वाचित भएकी हुन् ।
लोक जनशक्ति पार्टीकी २५ वर्षीया उम्मेवार शाम्भवीले कांग्रेसका सन्नी हजारीलाई १ लाख ८७ हजार मतान्तरले पराजित गर्दै केन्द्रीय सांसद बनेकी हुन् ।
सन् १९९९ मा जन्मिएकी शाम्भवीका पिता अशोक चौधरी विहारको सत्तारुढ जनता दल युनाइटेका बरिष्ठ नेता हुन् । उनी विहार सरकारका प्रभावशाली मन्त्री पनि हुन् । यद्यपी शाम्भवी बुबाको भन्दा फरक दलबाट निर्वाचित भएकी छन् । उनका हजुरबुबा महाबीर चौधरी कांग्रेसका नेता थिए ।