ट्रेण्डिङ

होमपेज / राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाँचौँ पटक विश्वासको मत लिँदै

नेपालगाथा २०८१ जेठ २३ गते बुधबार १०:३९:४९ मा प्रकाशित

काठमाण्डौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँने भएका छन् । यादवले आज डेढ वर्षको अवधिमा पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।

सत्ता गठबन्धन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिन लागेका हुन् ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएकाे छ  ।

यादवले पहिलो पटक २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भई २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top