होमपेज / राजनीति
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो ।
तीन नेताबिच बिहान सवा दश बजेदेखि दिउँसो सवा १ बजेसम्म छलफल भएको हो । छलफलमा मुलुकका राष्ट्रिय मुद्दाका बारेमा छलफल भएको बताएकाे छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले तीन नेताका बिचमा संसद्लाई के कस्ता बिजनेस दिने र संसद्लाई प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको बताएका छन् ।
सहकारीको रकम हिनामिना र अपचलनबारे संसदीय छानबिन समिति गठन भएपछि तीन दलका शीर्ष नेताबिच सोमबार भेटवार्ता भएको हो ।