होमपेज / राजनीति
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले १० औँ राष्ट्रिय महाधिवशेनको लोगो सार्वजनिक गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेको हो ।
लोगोलाई अध्यक्ष माधव नेपाल, झलनाथ खनाल र महासचिव घनश्याम भुसालले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।
लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ नारा उल्लेख छ । लोगोमा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डालाई संयोजन गरी कलात्मक बनाइएको छ ।
एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदै छ ।