होमपेज / राजनीति
काठमाडौँ । मधेस प्रदेशमा आज ६३ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने भएका छन् । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि ७ दलले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका हुन् ।
नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका ७ दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिए ।
नेता यादवका अनुसार मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा अघि सार्ने तयारी छ ।
यसअघि केन्द्रमा नयाँ समीकरण बनेसँगै एमाले र माओवादी जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट फिर्ता भएको थियो । आजै नेकपा एकीकृत समाजवादीले पनि मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने तयारी गरेको छ ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको आवश्यकता पर्छ ।