ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त हुँदै 

नेपालगाथा २०८१ जेठ १६ गते बुधबार ११:२८:४० मा प्रकाशित

कास्की । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डे आज नियुक्त हुने भएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई सर्वोच्चल बदर गरिदिएको हो ।

४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top