ट्रेण्डिङ

होमपेज / राजनीति

संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा दलहरुबिच सहमति

नेपालगाथा २०८१ जेठ १५ गते मंगलबार १४:१३:०६ मा प्रकाशित

काठमाडौँ । संसदीय छानबिन समितिको कार्यादेश(टीओआर) मा दलहरुबिच सहमति भएको छ । मंगलबार दिउँसो सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको हो ।

टीओआर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने कार्यदलका एक सदस्यले जानकारी दिए ।

रास्वपाबाट कार्यदलमा सहभागी शिशिर खनालले समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने गरी कार्यादेशमा सहमति भएको बताए । 

कार्यदलका ती सदस्यका अनुसार संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने जस्ता विषय कार्यादेशमा रहेकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top