होमपेज / राजनीति
जनकपुरधाम । मधेस प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ । मधेस प्रदेश सरकारको जेठ १३ गतेको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जेठ २१ गते दिनको २ बजेका लागि बैठक आह्वान गरेकी हुन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेलले जानकारी दिए।
प्रदेश प्रमुखबाट प्रदेश सरकार (मन्त्रिपरिषद)को मिति २०८१/०२/१३ गतेको बैठकबाट प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आएबमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८१/०२/२१ गते सोमबार दिनको १४ बजेबाट लागू हुनेगरी मधेश प्रदेश सभाको तेस्रो अधिवेशन आह्वान हुने व्यहोरा जानकारीका लागि अनुरोध छ । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मधेस सरकारको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख भण्डारीले वैशाख ३१ गते दोस्रो अधिवेशन अन्त्य गरेकी थिइन् ।