ट्रेण्डिङ

होमपेज / राजनीति

मधेश प्रदेशका मुख्यमन्त्रीलाई चार दलको ध्यानाकर्षण पत्र

नेपालगाथा २०८१ जेठ १४ गते सोमबार १३:१५:४३ मा प्रकाशित

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई मधेशका मुख्यमन्त्रीलाई चार दलको ध्यानाकर्षण पत्र बुझाएका छन् ।  स्थानीय तहलाई वितरण गरिने स-सर्त अनुदान विषयमा प्रतिपक्षी चार दलले ध्यानाकर्षण गराएका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोसपा संसदीय दलका नेताहरु मुख्यमन्त्री यादवलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरूले वर्तमान सरकार अल्पमतमा रहेकोले दीर्घकालीन असर पर्ने खालका निर्णयहरू नर्गन/नगराउन ध्यानाकर्षण गराएका छन् ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तहलाई दिने स-सर्त अनुदान मनपरी ढंगले वितरण गर्न खोजेको तथा विभिन्न मन्त्रालयबाट हुने जथाभाबी रकमान्तर गर्न खोजेको ध्यानाकर्षण पत्र उल्लेख गरिएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top