ट्रेण्डिङ

होमपेज / राजनीति

कार्यदलको बैठक सकियाे जुटेन सहमति 

नेपालगाथा २०८१ जेठ ११ गते शुक्रबार १२:५२:४८ मा प्रकाशित

काठमाडौं । संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । आज सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।

 सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएकाे छ ।

कार्यदलका सदस्य महेश बर्तौलाले कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताउदै सहकारीको नाम मात्र उल्लेख गरेर छानबिन गर्नेगरी प्रस्ताव आएको र आजै फेरि बैठक बसेर टुंग्याउने बताए ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top