होमपेज / राजनीति
काठमाडौं। नेपाली कांग्रेससहित सदनमा रहेका विपक्षी दलहरूको बैठक बसेको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको छ ।
कांग्रेसले बोलाएको बैठकमा सदनमा कसरी अघि बढ्ने भन्नेबारे राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी दलहरूसँग छलफल गरेको हो ।
कांग्रेसले सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो।
बैठकमा राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही उपस्थित छन् । लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका छन् ।