ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

नेपालगाथा २०८१ जेठ ११ गते शुक्रबार १०:४४:३१ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएकाे छ । आज बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएकाे हाे । 

 भेटमा राष्ट्रपति पौडेलले संसद्को गतिरोधबारे चासो राखेको राष्ट्रपतिको  सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी दिएका थिए । 

आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची  रहेकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top