होमपेज / राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मानिसको इज्जतमाथि प्रहरी प्रशासनले खेल्न नपाउने बताएका छन् ।
आज नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरीले अधिकार छ भन्दै जे पनि गर्न नपाइने मानिसको इज्जतमाथि प्रहरी प्रशासनले खेल्न पाउँदैन, मानिसको इज्जत हुन्छ । जो मानिसले बदमासी हुन्छ । उसलाई केही नगर्ने । जो मानिस भागिरहेको छैन उसलाई बोलाएर बयान लिए हुन्छ । उनले भने प्रहरीलाई स्वतन्त्र भएर काम गर्न दिनुहोस् । सिआइबीलाई काम गर्न दिनुहोस् ।
कोइरालाले मुलुक निरंकुशता र अधिनायकवादतर्फ गएको बताए । देश अधिनायकवाद र निरंकुशतातर्फ अगाडि बढिरहेको सबैले बुझ्नुपर्छ । उनल भने यो अधिनायकवादको ट्रेलर मात्र हो भनेर हामीले बुझ्न जरुरी छ ।