होमपेज / राजनीति
सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह कृषिमन्त्रीमा नियुक्त भएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले आज शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका हुन् ।
शाहले गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।
आज फेरि शाहले सोही मन्त्रालयको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख तिलक परियारसमक्ष शपथ लिएका छन् ।