होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।
समसामयिक राजनीतिक घटनाक्रम र सदनमा कांग्रेसले उठाउदै आएको सहकारी प्रकरणमा संसदीय छानबिन र पार्टीका आन्तरिक विषयमाथि छलफल गरी धारणा बनाउन बैठक बसेको बताएकाे छ ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसदका दुवै सदनमा नारबाजी गर्दै आएको छ ।
प्रतिपक्षीको नारबाजीका बीच सरकारले संसदका कामकारबाही अघि बढाएपछि अब कसरी प्रस्तुत हुने भन्ने रणनीति कांग्रेसले आजको बैठकबाट तय गर्ने बताएकाे छ ।