ट्रेण्डिङ

होमपेज / राजनीति

टीकापुर जग्गा प्रकरणमा मेरो संलग्‍नता छैन, शक्तिमा हुनेले फाइल खोले हुन्छ - आरजु देउवा

नेपालगाथा २०८१ जेठ ८ गते मंगलबार १६:३०:५४ मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले टीकापुर जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएकी छन् ।

आज संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले  टीकापुरको जग्गा मैले ५० हजारमा किनेको हो । त्यसको सबै काजगपत्र गरिसकेको छ। मैले २०५३ सालमा किनेको हो। घोटाला भएको २०६८ साल पछि हो । 

आफूले ५० हजारमा टीकापुरमा जग्गा किनेको भन्दै काजगपत्र हेर्नका लागि जान सुझाव दिइन् । आफूले ५३ सालमा नै जग्गा किनेको र घोटाला प्रकरण ६८ सालमा आएको उनले बताइन् । 

उनीहरू पावरमा छन् । जे-जे छन् फाइल खोलेर हेरे हुन्छ । मनगढन्ते कुरा गरेर हुँदैन, प्रमाण चाहिन्छ । उनले भनिन्

टीकापुर विकास समितिका नाममा बाँडिएको जग्गाका बारेमा सरकारले अनुसन्धान गर्ने तयारी गरेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top