ट्रेण्डिङ

होमपेज / राजनीति

छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सुरु

नेपालगाथा २०८१ जेठ ८ गते मंगलबार ११:१४:५५ मा प्रकाशित

काठमाडौं ।  सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु  भएकाे छ । बैठक  कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएकाे छ । बैठकमा समितिको कार्यादेश (टिओआर) का विषयमा छलफल भइहरेकाे बताएकाे छ ।

यसअघिका बैठक समितिको टिओआरका विषयमा सहमतिमा जुटन सकेकाे थिएनन्। समिति गठनका विषयमा कुरा नमिलेपछि जारी राजनीतिक गतिरोध अन्त्य गर्ने प्रयास असफल हुँदै आएकाे छ । शनिबार साँझ बालुवाटारमा सत्ता र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता संसदीय छानविन समिति गठन गर्न सहमत भएका थिए।

सहमतिअनुसार सत्ता र प्रतिपक्षबाट चार सदस्यीय कार्यदलसमेत गठन गरेर आइतबार दिनभर कार्यदलस्तरमा समितिको कार्यादेश बनाउन नेताहरू जुटेका थिए। तर, उनीहरूको छलफलले कुनै नतिजा दिन सकेन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top