ट्रेण्डिङ

होमपेज / राजनीति

गृहमन्त्रीलाई कांग्रेसको चेतावनी: आरोप प्रमाणित गर्नुस्,

नेपालगाथा २०८१ जेठ ७ गते सोमबार १६:५५:५९ मा प्रकाशित

 काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो दलका नेताहरुमाथि लगाएको आरोप प्रमाणित गर्न गृहमन्त्री रवि लामिछानेलाई  चुनौती दिएका छन् । साथै अरुमाथि लाञ्छना लगाएर सहकारीको रकम अपचलनमा लामिछानेले उन्मुक्ति नपाउने समेत बताएको छ ।

कांग्रेसले सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । आइतबार संसदमा जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरुमाथि समेत प्रश्न उठाएका थिए ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, कपोलकल्पित र हिंस्रक भएको ठहर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top