होमपेज / राजनीति
काठमाडौं । संसद् बैठकअघि प्रतिपक्षी दलहरुकाे छलफल बस्ने भएकाे छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।
आज बस्ने प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको साझा धारणाको तयारीका लागि देउवाले प्रतिपक्षी दलको बैठक बोलाएका हुन्।
शनिबार सरकारसँग सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्ने बारे अन्य विपक्षी दलहरुलाई जानकारी दिन बैठक बोलाइएको बताइएको छ। बैठक संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ ।