ट्रेण्डिङ

होमपेज / राजनीति

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी

नेपालगाथा २०८१ जेठ ६ गते आइतबार १०:३१:२० मा प्रकाशित

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बसिरहेकाे छ । बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो ।

 बैठकमा कार्यदलका संयोजक पदम गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल उपस्थित छन् । कार्यदलले आज कार्यादेश बनाउनेछ ।

कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आएको थियो ।

शनिबार सत्तारुढ दल र प्रतिपक्षी दलबीच भएको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top