ट्रेण्डिङ

होमपेज / राजनीति

नेताहरूले खेलाडी बन्न खोजे कार्यकर्ताले हामीलाई खबर गर्नुस् - ईश्वर पोख्रेल 

नेपालगाथा २०८१ जेठ ५ गते शनिबार २०:३५:१० मा प्रकाशित

विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिस्पर्धामा गएपछि प्राप्त परिणाम स्वीकार नगर्ने छुट नभएको बताए । उनले सर्वसम्मत रूपमा नेतृत्व छन्न सुझाव दिए । नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै सर्वसम्मत छनौट नभए प्रतिस्पर्धाबाट गरे पनि हुने बताए । उनले भने प्रतिस्पर्धामा गएपछि परिणाम स्वीकार गर्नुस् । त्यसपछि नाकनुक नगर्नुस् उनले जनसङठनको किला काटी कस्नु पर्ने बताए । उनले नेताहरूलाई अधिवेशनमा रेफ्रीको भूमिका खेल्नु पर्ने बताए । उनले भने नेताहरूले खेलाडी बन्न खोजे खबर गर्नुस् ।

उनले खुस्किएका जुइनाहरु बान्नु पर्ने बताए । उनले पार्टी सदस्यको गोश्वारा योजना ल्याएर मात्रै हुँदैन कति सदस्यता बनाउने हो ठोस योजना ल्याउनुपर्ने बताए । उनले बन्द सत्रबाट ठोस योजना बनाउनु पर्ने बताए । उनले अन्य पार्टीबाट एमालेमा आउन चाहानेहरुको लहर चलेको भन्दै अन्यत्र बाट आएकाहरूको बिल्लिबाठ बनाउन नहुने बताए । उनले आउनेको अभिलेख राख्दै उचित जिम्मेवारी दिनु पर्ने बताए । उनले यसका लागि पार्टीलेठोस योजना बनाउनु पर्ने बताए ।अबको एमाले विकाश निर्माणको च्याम्पियन बन्नु पर्ने बताए ।

कहाँ बाटो बनाउने ? कहाँ खानेपानी ल्याउने ?  कहाँ जेष्ठ नागरिकका लागि भवन बनाउने भन्ने योजना एमालेसङ्ग हुनुपर्ने बताए । उनले भने ,'अव एमाले विकासको नेतृत्व गर्ने हुनुपर्छ । अब हिजोको जेल बसेको कथा हालेर एमाले एमाले हुन सक्दैन । जनताले वर्तमानको योजना ल्याउन नसक्ने एमालेलाई विश्वास गर्दैनन् ।' उनले एमालेका कमिटीका बैठकहरूमा विकासका योजना बनाउनुपर्ने बताए । उनले हिजोका कथा मात्रै हालेर एमाले नबाच्ने बताए । जनताको जिन्दगीलाई परिवर्तन हुने कुरा नगरे जनताको पार्टी नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top