होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक नबसी आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।
गृहमन्त्री माथि संसदीय छानबिन माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको दल नेपाली कांग्रेस र सत्ता पक्ष दलहरूबिच सहमति नहुदा आजको बैठक प्रभावित भएको स्थगित भएको हो ।
कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन्।
यसअघि आज बसेको राष्ट्रिय सभाको बैठकमा कांग्रेसले अवरोध गरेको थियो । त्यसपछि बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।