ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ‘प्रचण्ड’ले जेठ ७ विश्वासको मत लिने

नेपालगाथा २०८१ जेठ ४ गते शुक्रबार १०:५९:५९ मा प्रकाशित

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।  प्रधानमन्त्री  ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न संसद् सचिवालयमा पत्र पठाएका छन् । 

यस्तै सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको जानकारी दिएका छन्।

प्रधानमन्त्री ‘प्रचण्ड’ले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको सभामुखको सचिवालयले जनाएको छ ।

जनता समाजवादी पार्टी नेपालले ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।  प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा चौँथो पटक विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top