होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएकाे छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको हाे । बैठक आजै अपराह्न ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे बाेलाउने निर्णय भएको हो ।