होमपेज / राजनीति
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । २८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।
एकीकृत समाजवादीका नेता सोडारीलाई एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मतको मतदानमा कांग्रेस र नाउपाका ५ सांसदले बहिष्कार गरेका थिए ।
५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८ माओवादी केन्द्रका सभामुखबाहेक १० एमालेका ११ नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४,राप्रपाको १/१ स्वतन्त्र सदस्य रहेका छन् ।