होमपेज / राजनीति
विराटनगर । कोशी प्रदेश मन्त्रीमण्डल विस्तार गर्ने तयारी भएको छ । आज मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।
आज एमालेबाट ३ जना र माओवादीबाट २ जनालाई मन्त्री बनाउने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसअघि एमालेबाट रामबहादुर मगर र माओवादीबाट गणेश उप्रेतील मन्त्री पदा नियुक्त गरेका थिए ।
उनीहरुले अहिलेसम्म विभागीय जिम्मेवारी पाएका छैनन् । मन्त्रिमण्डलमा गठबन्धनका दुई दलबीच भागबण्डा टुंगिसकेको स्रोतले जनाएको छ ।
माओवादीले ३ वटा मन्त्रालय पाउने सहमति भएको छ । एमालेबाट झापाका एकराज कार्की मोरङगा लिलाबल्लभ अधिकारी र खोटाङगका पीके राई मन्त्री नियुक्त हुनेछन ।