होमपेज / राजनीति
धनगढी। सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएकाे छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ती पार्टीको रेशम चौधरी पक्षधरका सांसदहरुले नाराबाजी गरेपछि बैठक स्थगित गरिएकाे हाे ।
प्रमुख प्रतिपक्षीको अवरोधपछि सभामुख भीम भण्डारीले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरीलाई असंवैधानिक रुपमा गरेको कारबाहीलाई सभामुख सदर गरेको प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश प्रमुख नजिर मियाले असंवैधानिक काम गरेको भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।