होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद र सांसदहरुको बहुमूल्य समय नष्ट पारेकाे बताएका छन् ।
आज पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अब कांग्रेसलाई बोल्न नदिई पहिले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र आफूहरूले बोल्ने बताए ।
कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने, हामीले बोल्दा कांग्रेस कराउने? कहाँ हुन्छ त्यो? कांग्रेसलाई बोल्न दिइँदैन अब। ओलीले भने, पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ । होइन भने हामी बोल्छौँ । कांग्रेसले बकवास गरिरहने अनि हामीले सुनिरहनुपर्ने हुँदैन। हामी चुप लागेर बसेका छौं भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ ।
ओलीले आफूहरू मिलाउन लागिपरेको भन्दै उल्टै आफूहरूमाथि हमला गर्न खोजिएको बताए ।