ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले संसदीय दलको बैठक सुरु

नेपालगाथा २०८१ जेठ २ गते बुधबार १३:४४:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठक संघीय संसद भवनको ल्होत्से हलमा आज दिउँसो सुरु भएको छ ।     संसदीय दलको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बताएकाे छ ।

हिजाे मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए ।

संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्रीसमेत रहेका अर्थशास्त्री डा. युवराज खतिवडा पनि सहभागी भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top